नेकपा उपाध्यक्ष वामदेवले त्यागे संयोजक पद
गुगलपाटी संवाददातानेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष एवम् संगठन विभाग प्रमुख वामदेव गौतमले लामो समयदेखि सम्हालेर आउनु भएको पद छोड्नुभएको छ ।
पार्टीको महत्वपूर्ण भातृसंगठन अखिल नेपाल किसान महासंघको संयोजकबाट बाहिरनुपरेको हो । गौतमले नेकपाको महत्वपूर्ण मानिने संगठन विभागको नेतृत्व सम्हाल्नुभएको छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनबाट पराजय व्यहोरेपछि गौतम पार्टीको जिम्मेवारीबाट अलि टाढा रहनुभएको थियो ।
पार्टीमा बलियो नेताको रुपमा छवि बनाएका गौतम पुनः वहाली हुनुभएको छ । गौतमले नेकपाको उपाध्यक्षको जिम्मेवारी पाएपछि केही नेताले टिप्पणी समेत गरेका छन् । पार्टीमा बलियो रुपमा स्थापित भइराख्न गौतमले समानान्तर रुपमा नेतृत्वसँग लविङ गरिरहनुभएको केही नेताले बताएका छन् ।
उपाध्यक्ष तथा संगठन विभाग प्रमुखमा नियुक्त गर्ने सचिवालयको निर्णयसँगै नेता गौतम उत्साही देखिनुभएको छ । उपाध्यक्ष भएकोमा बधाई ज्ञापन गर्न पुगेका शुभचिन्तक कार्यकर्ताहरुलाई गौतमले अब नेकपालाई बर्दी बिनाको स्पातिलो संगठन बनाइ छाड्ने दृढता व्यक्त गर्ने गरेका छन् । अहिले नेकपामा ८ लाख पार्टी सदस्य रहेकोमा एक वर्षभित्र १६ लाख बनाउने गौतमको योजना छ ।
नेता गौतमले पार्टीमा अब गुटउपगुट नरहेको भन्दै जसले गुटउपगुट कुरा गर्छ र त्यसकापछि लाग्छ उसलाई ठाउँको ठाउँ कारबाही गर्ने चेतावनी पनि दिने गर्नुभएको छ । नेता गौतमले भन्नुभयो, ‘अब गुटउपगुट छैन । एउटा पार्टी सदस्यले चारजना सदस्य बनाउनै पर्ने नियम ल्याइने वताउनु भएको छ । सहभागीलाई इंगित गर्दै गौतमले भन्ने गर्नुभएको छ, चारजना सदस्य थप्न नसक्ने पार्टी सदस्यको के काम ।
श्रोत जनता समाचार