मकवानपुरको चित्लाङमा पटकथा लेखन कार्यशाला सुरु

गुगलपाटी संवाददाता
४ भाद्र २०७६ ११:१९

मकवानपुरको मकवानपुरको उत्तरीक्षेत्र थाहा नगरपालिकाको पर्यकीय क्षेत्र चित्लाङमा पटकथा लेखन कार्यशाला सुरु भएको छ ।

नेपाल चलचित्र विकास बोर्ड र नेपाल चलचित्र तथा संस्कृति प्रतिष्ठानको आयोजनामा चित्लाङमा सुरु भएको पटकथा लेखन कार्यशालामा ४० जना कार्यशालामा सहभागिता रहेकाछन्, । कार्यशालाको उद्घाटन प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरेका थिए । कार्यशालाको उद्घाटन गर्दै मन्त्री जम्कट्टेलले चलचित्रबाट देश झल्किने खालका हुने भएका कारण स्तरीय कथा, संगीत र दृश्य हुन जरुरी रहेको बताए ।

उनले प्रदेश सरकारले दोलखाको डाङडुङेलाई चलचित्र सिटी बनाउने तयारी सुुरु भइसकेको बताए । ‘प्रदेश गौरवको आयोजनाको रुपमा चलचित्र सिटी बनाउने कार्यको डीपीआर निर्माण सुरु भइसकेको छ ।’, उनले भने ।
चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईले पटकथा लेखन तालिम अहिलेको सबैभन्दा बढी आवश्यकता भएको कारण विदेशी प्रशिक्षक समेत ल्याई कार्यशाला आयोजना गरिएको बताए ।

कार्यशालामा हलिउडका पटकथा लेखक जेफ मोनाहान भारतीय पटकथा लेखक रोविन भट्टले सहजीकरणको भूमिका निर्वाह गरिने उनले बताए । करिब १५ लाख रुपैया“ खर्च अनुमान गरिएको कार्यशालामा नेपाली पटकथा लेखक सम्पदा मल्लले सहजीकरण गर्ने प्रतिष्ठान अध्यक्ष केपी पाठकले जानकारी दिए ।

कार्यशालामा वरिष्ठ चलचित्रकर्मी निर शाह, चलचित्र लेखक शिवम् अधिकारी, पटकथाकार सामिप्यराज तिमल्सिना, कलाकार आयुष रिजाल, चलचित्र पत्रकारहरुको उपस्थिती रहेको थियो ।