जिसस मकवानपुको समिक्षा बैठक आगामी विहिवार

गुगलपाटी संवाददाता हेटौंडा
५ भाद्र २०७६ ०७:१२

जिल्ला समन्वय समिति मकवानपुरले जिल्ला समिक्षा बैठक आगामी भदौ १२ गते आयोजना गर्ने भएको छ । बुधबार बसेको जिससको बोर्ड बैठकले आगामि भदौ १२ गते बोर्ड बैठक आयोजना गर्ने निर्णय गरेको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको जिससको बोर्ड बैठकले आगामि १२ गते बिहान आयोजना गर्ने निर्णय गरेको हो । बुधबार बसेको बैठकले चौथो जिल्ला सभामा सफल बनाउन सहभागि हुनु भएका प्रमुख अतिथी, अतिथी, संचारकर्मीलगायतलाई धन्यावाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

समिक्षा बैठकमा जिल्लाका १० वटै स्थानीय तहहरुले आफुले एक वर्ष भित्र गरेका कार्यक्रमहरुका बारेमा प्रस्तुति गर्ने प्रमुख खुलालले बताउनुभयो । त्यस्तै जिल्ला स्थित सरकारी तथा गैरसरकारी संस्थालगायत सहकारीहरुले पनि आफ्नो प्रतिवेदन पेश गर्ने बताउनुभयो । बैठकमा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडाशैनी, समन्वय अधिकारी कपिल प्रसाद उपाध्यायलगायत समन्वय समितिका सदस्यहरुको सहभागिता थियो ।