संसदमा चप्पल र हाफपाइण्ट लगाएर आउन पाउनु पर्ने माग

गुगलपाटी संवाददाता काठमाडौँ
५ भाद्र २०७६ ०८:४९

नेकपाका सांसद गोपालबहादुर बमले संसदमा चप्पल र हाफपाइण्ट लगाएर आउन पाउनु पर्ने माग गरेका छन्।

संसदको गतिविधि हेर्न आउने व्यक्तिले चप्पल र हाफपाइण्ट लगाए छिर्न नदिने अवस्था रहेकाले त्यसको अन्त्य गर्न माग गरेका हुन्।

‘नेपाली जनता गरिब छन्। सबैले जुत्ता र पाइन्ट लगाउन सक्दैनन्। त्यसकारण चप्पल व्यक्तिलाई पनि दर्शकका रुपमा हेर्न पाउनुपर्ने व्यवस्था गरियोस्, बमले भने।

सांसद बमले चप्पल र पाइन्ट लगाउनु नै पर्ने भए संसद सचिवालयले नसक्ने व्यक्तिका लागि किनिदिन सुझाव दिए।

यसअघि सांसद कृष्णभक्त पोखरेलले संसदमा निर्वाद रुपमा सर्वसाधरण छिर्न र संसदीय गतिविधि हेर्न पाउने व्यवस्था मिलाउन माग गरेका थिए।