रवि लामिछानेबाट पीडित भएका शम्भुले भने : ‘म पनि आत्महत्या गर्न चाहान्थे’

गुगलपाटी संवाददाता काठमाण्डौं
५ भाद्र २०७६ १२:२७

सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने अर्थशास्त्रका शिक्षक हुन् । २०७४ सालको जेठ महिना, पानी परेको थिएन । परेको थिएन । सर्लाहीको मौसम असाध्यै गर्मीलो थियो ।

शाहले परीवारका साथमा वसेर टेलिभिजन हेरीरहेका थिए । यत्तिकैमा साहको फोनको घन्टी बज्यो । साँझ बजेको फोनको घन्टीले उनको जीवनमा ठूलै भुइँचालो ल्याइदियो । टेलीफोनवालाले भनेजस्तै शाहले न्युज २४ च्यानल खोले । नभन्दै उक्त च्यानलमा कार्यक्रम प्रस्तोताले शाहलाई बलत्कारी भन्दै बोलिरहेका थिए ।

मलङ्गवाको शाहको घरमा एक किसीमको सन्नाटा छायो उक्त समाचारका कारण । शाहले जसलाई ऋण दिएका थिए उनैले रवी लामीछानेको उक्साहटमा उक्त टेलिभिजन च्यानलमा आफूविरुद्ध बलत्कारको आरोप लगाइरहेका थिए । शाह भन्छन् “उर्मीलाकी छोरी वीमा कुमारी मन्डलले उनलाई बलत्कार गरेको बताइरहेकी थिइन् ।’

रवी लामिछानेले एकतर्फी कार्यक्रम चलाइरहेका थिए । शाहलाई बलत्कारी भनिरहेका थिए । शाह कानुनी उपचारको लागि जिल्ला प्रशासन गए । तर प्रमुख जिल्ला अधीकारी प्रदिपराज कँडेल प्रहरी उपरीक्षक मसहद आलम खानले समेत रविले लगाएको आरोप स्वीकार्नु पर्छ भनेर दवाव दिए ।

त्यतिबेला शाहको उमेर ६४ वर्ष थियो । वुढो शरीर लिएर उनी अदालत पुगे र अदालतले उनलाई सफाइ दियो । शाह भन्छन् -‘अदालतले त सफाइ दियो तर मेरो इज्जत कसले फर्काइदिन्छ रु नखाएको विष लागेर ६४ दिन थुना र जेल वस्दाको पीडा कसले सुनिदिन्छ आफूले गर्दै नगरेको काममा मलाई यसरी वदनाम गरे कि, म पनि पत्रकार पुडासैनीले जस्तै आत्महत्या गर्न चाहान्थे ।’ स्रोत : संसारन्युज