विप्लव समुहमा आवद्ध ७१ वर्षिय वृद्ध पक्राउ

गुगलपाटी संवाददाता बुटवल
६ भाद्र २०७६ ०६:३४

युवाहरुको जमात रहेको बताइने नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० आवद्ध ७१ वर्षीय वृद्ध पक्राउ परेका छन् ।

नवलपरासी प्रहरीले पश्चिम नवलपरासीका जिल्ला जनपरिषद् प्रमुख ७१ बर्षीय प्रेम प्रसाद ढकाल (पृथ्वी) लाई पक्राउ गरेको हो । जिल्ला स्तरमा सक्रिय रहेका ढकालको उमेर पछिमात्र खुलेको हो ।

ढकाललाई २०७५ साल फागुन २९ गते सो पार्टीको नेपाल बन्दको पूर्वसन्ध्यामा राजमार्गमा दुईवटा ट्रकमा आगो लगाई संगठित अपराध मुद्धामा फरार रहेकोले पक्राउ गरिएको पश्चिम नवलपरासीका प्रवक्ता डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।

सुनुवल –१३ मा डेरा गरि बस्ने ढकाललाई सुनुवल इलाका प्रहरी कार्यालयको टोलीले सोही स्थान नजिकैबाट पक्राउ गरेको हो । उनी जिल्ला कमिटी सदस्य समेत रहेको डीएसपी थापाले बताए ।