मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
गुगलपाटी संवाददाता काठमाडौँशुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा औसत स्थानभन्दा केही उत्तरतर्फ सरेकाले मध्य र पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले बताए । ‘बाँकी स्थानमा सामान्यतया हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ’, मौसमविद् पौडेलले भने ।
मनसुनी प्रणालीसँगै स्थानीय वायु पनि सक्रिय हुँदा मेघ गर्जन, हावाहुरी र चट्याङ वर्षा भइरहेको मौसमविद्को भनाइ रहेको छ । हाल देशका मध्य र पूर्वीका अधिकांश भू–भागमा र पश्चिमका धेरैजसो स्थानमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति देशका पूर्वी भू–भागमा सामान्य बदली साथै मध्य तथा पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी भू–भागका केही स्थानका र पश्चिका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।