हेटौंडा एफएम १३ बर्षमा प्रवेश
अशेष ढुंगाना मकवानपुर,२४ बैशाखमकवानपुर जिल्ल्लाको पहिलो व्यवसायिक रेडियो हेटौडा एफएमले आज आफ्नो बार्षिक उत्सब मनाएको छ । मकवानपुरका संचारकर्मी, उद्योगि ब्याबसायीहरुलाई राखेर बार्षिक उत्सब मनाएको हो । आजवाट आफ्नो प्रशारणको सफलतापुर्वक १२ वर्ष पुरागरि गौरवमय १३ औ वर्षमा प्रवेश गरेको अबसरमा बार्षिक उत्सब मनाइएको हो । एफ.एमको हलमा केक काटेर बार्षिक उत्सब मनाइएको हो ।
बार्षिक उत्सबका अबसरमा सबैमा स्वागत गर्दै हेटौंडा एफ.एमका प्रबन्द्र निर्देशक उज्वल चौलागाईले जनआन्दोलन देखि बिभीन्न आरोह अबरोह पुरा गर्दै एफ. एम अहिले यो अबस्थामा आईपुगेको बताउनुभयो । आवाज बिहीनहरुको आवाजलाई समेटेर एफ. एमले समाचारलाइृ प्राथमिकता दिएको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ तीन नंम्बर प्रदेशका नब निर्बाचित अध्यक्ष प्रताप बिष्टले यस एफ. एमले गाउँ गाउका सामान्य नागरिकका आवाजलाई रेडियोमा प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा एफ.एमका संस्थापकहरु माधब अधिकारी, ऋसीराम घिमीरे, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, उपाध्यक्ष कुमार अधिकारी, प्रेश चौतारीका केन्द्रीय सदस्य राजन दाहाल, जिल्ला अध्यक्ष प्रकाश दाहाल, बिभीन्न रेडियो, पत्रिका, अनलाईका सम्पादकहरु ल्गायतकाको कायृक्रममा सहभागिता रहेको थियो । ०६१स ससससाल फाल्गुन ७ गतेवाट परिक्षण प्रशारणमा आएको हेटौडा एफ एम जनआन्दोलनको सफलतापछि ०६२साल वैशाख २४ गतेवाट नियमित प्रशारणमा आएको र सोही मितिमा आफ्नो वार्षिकोत्सवको रुपमा मनाउदै आएको हेटौडा एफएम दैनिक २० घन्टा प्रशारण हुदै आइरहेको छ । हेटौडाको भैरवडाडावाट रिले प्रशारण गर्दे मकवानपुर लगायत २४ जिल्लामा आफ्नो प्रशारण पुर्याउन सफल यस एफएम हाल १ हजार वाट क्षमतामा प्रशारण हुदै आइरहेको छ ।प्रशारणको शुरुवातमा ५सय वाट क्षमतामा प्रशारण हुदै आएको एफएम यसै महिनावाट १ हजारवाट क्षमतामा प्रशारण शुरु भएको हो । विहान ४ वजेवाट रातको १२ वजेसम्म प्रशारण हुदै आएको यस एफएममा कायाकैरन नेपाल दर्पण, सहित प्रत्येक घन्टा नियमित समाचार वुलेटिन र प्रत्येक आधा आधा घन्टामा सय सेकेन्ड समाचार वुलेटिन सहित समसमयिक विषयको अन्तकृया एव मनोरन्जनात्मक गीत संगीतको कार्यक्रमहरु प्रशारणहुदै आएको छ ।
आजसम्म यस एफएमलाइ जिल्लामा मात्र नभइ मुलुकमानै सर्वोत्कृष्ठ वनाउन सहयोग गर्ने सवैमा वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दे एफएमका प्रवन्ध निर्देशक उज्वल चौलागाइले आगामी दिनमा अझै गुणस्तरीय कार्यक्रम निमार्णमा ध्यान दिने वताउनु भयो । आगामी दिनमा हामी क्षेत्रीय रुपका कार्यक्रमहरु निमार्ण तथा प्रशारणमा ध्यान दिने छौ प्रवन्ध निर्देशक चौलागाइले वताउनु भयो ।