प्रचण्डले माओवाद छोडे, अब हामी अगाडी बढाउँछौंः पहाड
गुगलपाटी संवाददाता
हेटौंडाः माओवादी जनमुक्ती सेना पार्टी नेपालका प्रवक्ता पहाडले नेकपाका अध्यक्ष प्रचण्डले माओवाद छोडेको भन्दै अब आफ्नो पार्टीले अगाडी बढाउने बताएका छन् । आज शुक्रबार केन्द्रिय समितिले हेटौंडामा पत्रकार सम्मेलन गर्दै अहिले नेपालको गणतन्त्र पुँजीवाद तर्फ उन्मुख रहेकोले सर्वहारावर्गलाई नसमेटिएको बताए । प्रवक्ता छविलाल वाईवा “पहाड”ले प्रचण्डले यसअघि आफ्नो ऐजेण्डाको नेतृत्व गरेता पनि अहिले गर्न नसकेको भन्दै अब माओवादी जनमुक्ती सेना पार्टी नेपालले प्रचण्डवाद अगाडी बढाईने बताएका हुन् । जनयुद्धले जनवादी गणतन्त्र आउनुपर्नेमा पुँजीवादी गणतन्त्र आएको भन्दै
उनले लामो समय जनयुद्ध गरेर ल्याइएको गणतन्त्र अहिलेको अवस्थामा गणतन्त्र आएको आभाष नभएको समेत गुनासो पोखे । यो गणतन्त्र देशको विकास नगर्ने र नहुने खालको आएको समेत बताए।