क्याम्पसको शुल्क वृद्धि प्रति स्ववियुको असहमती

गुगलपाटी संवाददाता
७ भाद्र २०७६ १४:२६

हेटौंडाः मकवानपुर बहुमुखी क्याम्पसको प्रशासनले शुल्क बढाएको भन्दै स्वतन्त्र विद्यार्थी युनियनले असहमती जनाएको छ । आज स्ववियु अध्यक्ष कुमार केसिले एक विज्ञप्ती जारी गर्दै विद्यार्थीको ढाड सेक्ने गरी शुल्क बढाउने प्रस्तावमा स्वतन्त्र विद्यार्थी युनियनले असहमति जनाउने बताएका हुन् । प्रशासनले भदौ ६ गतेको बैठकमा क्याम्पस घाटामा रहेको भन्दै शुल्क वृद्धि गर्ने प्रस्ताव राखेको प्रति आपत्ति जनाउदै स्ववियु मकवानपुर क्याम्पसले प्रस्तावको विरोध गरेको हो । विज्ञप्तीमा भनिएको छ क्याम्पस घाटामा गएको नभई जानाजान घाटामा लगिएको हो । क्याम्पसका प्राध्यापक र कर्मचारी मोटाउने मेलोमेसो प्रति स्ववियु चुप नबस्ने स्ववियुले चेतावनी दिएको छ । क्याम्पसलाई आर्थिक भार पर्नेगरी प्राध्यापकको अतिरिक्त दरबन्दी ६० प्रतिशत लागु गरिनु, रिपोर्ट राइटिङ्ग, थेसिस, शिक्षण अभ्यास लगाएत विभिन्न प्रयोगात्मक परिक्षाको शुल्क क्याम्पसको आम्दानीमा नसमेटीनु, आन्तरिक परिक्षाको व्यवस्थापन व्यवस्थित नहुनु तर परिक्षा ब्यवस्थापन खर्च भने देखिनु लगायत क्याम्पसका प्राध्यापक र कर्मचारी मोटाउने मेलोमेसो भएकाले यसको भार विद्यार्थीले उठाउन नसक्ने जानकारी गराउँदछौ । विज्ञप्तीमा उल्लेख रहेको छ । अनावश्यक रुपमा यसरी शुल्क वृद्धि गरि विद्यार्थीको भविष्य माथि खेलबाड नगर्न स्ववियुको चेतवानी छ ।