मकवानपुरमा ६ एमाले र ४ माओवादीलाई स्थानीय तह (नामावली सहित )
गुगलपाटी संवाददाता
हेटौंडाः नेकपा मकवानपुर एकता प्रक्रियालाई स्थानीय तह सम्म टुंगाएको छ । आज आईतबार बिहान बसेको सचिवालयको बैठकले नगर र गाउँपालिकामा पार्टी एकिकरणलाई टुंगाएको हो । बैठकले हेटौंडा उपमहानगरपालिकासँगै १० वटै स्थानीय तहमा अध्यक्ष र सचिव समेत चयन गरेको जिल्ला सचिवालय सदस्य एकालाल श्रेष्ठले जनाकारी दिएका छन् ,
बैंठकले नगर र गाउँपालिकाको अध्यक्ष र सचिव चयन सँगै जिल्ला कार्यालय टिम पनि चयन गरेको उनले बताए । स्थानीय तह भाग लगाएर सहमतिको आधारमा नेतृत्व चयन गरेको जिल्ला सचिव प्रेम बहादुर पुलामी “छिन्तु”ले जानकारी दिए । तत्कालिन नेकपा एमालेको भागमा ६ वटा स्थानीय तह तथा माओवादी केन्द्रको भागमा ४ वटा स्थानीय तहमा नेतृत्व चयन गरेको छ । जस अनुसार हेटौँडा उपमहानगरपालिका, बकैया गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोबर गाउँपालिका तथा भीमफेदी गाउँपालिका तत्कालिन एमालेको भागमा परेको छ । राक्सीराङ गाउँपालिका, मनहरी गाउँपालिका, वागमती गाउँपालिका तथा थाहा नगरपालिका माओवादीको भागमा परेको छ । जिल्ला कार्यालय टिममा मुनु सिग्देल, प्रेमबहादुर पुलामी, बलराम बल, बद्री लम्साल, प्रमिला पुलामी, श्रीधर पोखरेल र एकलाल श्रेष्ठ रहेका छन् ।
जिल्ला अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा भएको बैठकमा जिल्ला इन्चार्ज विरोध खतिवडा, सह–इन्चार्जद्वय कुमारी मोक्तान र रामेश्वर राना, प्रदेश सदस्य अन्नत पौडल, प्रल्हाद लामिछाने र जिल्ला सचिवालयका सदस्यको सहभागिता रहेको जिल्ला सचिवालय सदस्य श्रेष्ठले बताए ।
नेकपा मकवानपुरका स्थानीय तहका अध्यक्ष र सचिवहरुको नामावलीः
हेटौँडा उपमहानगरपालिका
अध्यक्षः रघु आचार्य, सचिवः तीर्थ थापा
थाहा नगरपालिका
अध्यक्षः अरुण रायमाझी, सचिवः सानुकाजी गोपाली
वागमती गाउँपालिका
अध्यक्षः अरुण बल, सचिवः उत्तम पौडेल
वकैया गाउँपालिका
अध्यक्षः नारायण तिमल्सिना, सचिवः भक्तबहादुर खत्री
मकवानपुर गढी गाउँपालिका
अध्यक्षः रामजी सापकोटा, सचिवः राजकुमार खड्का
भीमफेदी गाउँपालिका
अध्यक्षः सानु थापा, सचिवः दीपक गोले
इन्द्रसरोवर गाउँपालिका
अध्यक्षः ऋषि पुडासैनी, सचिवः बिर्जु तामाङ
मनहरी गाउँपालिका
अध्यक्षः रामप्रसाद कालाखेती, सचिवः हेमलाल उप्रेती
राक्सिराङ गाउँपालिका
अध्यक्षः हस्तबहादुर मुक्तान, सचिवः ओम स्याङ्तान
कैलाश गाउँपालिका
अध्यक्षः बुद्धिबहादुर मुक्तान, सचिवः लालसिं गुरुङ