रवि पाँच लाख, युवराज तीन लाख धरौटीमा रिहा
गुगलपाटी संवाददाताकाठमाडौं :पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका अभियुक्तहरु रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की‘रुकु’ को मुद्दामा चितवन जिल्ला अदालतले रविलाई पाँच लाख, युवराज तीन लाख धरौटीमा रिहा गर्ने फैसला सुनाएको छ। थुनछेक बहस सकिएसँगै सोमबारै साँझ जिल्ला अदालत चितवनले यस्तो फैसला सुनाएको हो। सरकारका तर्फबाट यदुनाथ शर्मा, सानोबाबु श्रेष्ठ र प्रकाश थापा तीनजना वकिलले बहस गरेका थिए। जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा भएको बहसमा ८ जना वकिलहरुले नाम टिपाएका जिल्ला अदालतले जानकारी दिएको छ। स्रोतः थाहा खबर