शैक्षिक सहयोग अक्षयकोष दर्ता

गुगलपाटी संवाददाता
१६ भाद्र २०७६ १०:१८

हेटौंडाः मकवानपुर जिल्लामा शैक्षिक सहयोग अक्षयकोष नेपाल नामक संस्था दर्ता भएको छ । शैक्षिक क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यकासाथ अक्षयकोषको स्थापना गरिएको हो ।
सोमबार जिल्ला प्रशासन कार्यालयमा संस्थाको दर्ता गरिएको छ । दर्ता नम्बर १९२८ मा हेटौंडा–२ मा कार्यालय रहने गरि कोष दर्ता गरिएको तदर्थ समितका संयोजक रघुनाथ खुलालले जानकारी दिनुभएको छ । आर्थिक, सामाजिक रुपले पछाडी परेका वर्गका बालबालिका र विभिन्न कारणले आमाबाबु गुमाएका बालबालिकाहरुले आफ्नो पठनपाठन अगाडि बढाउन सकुन् भन्ने उद्देश्यकासाथ अक्षयकोष स्थापना गरिएको उहाँले बताउनुभयो । सबैका लागि शिक्षा भन्ने मर्मलाई सार्थक बनाउने तथा सरकारलाई सहयोग पु¥याउने उद्देश्यकाले कोषको स्थापना गरिएको प्रमुख खुलालले बताउनुभएको छ । तत्काल एक करोड रुपैयाँको अक्षयकोष बनाउने तथा प्रत्येक वर्ष कोष बृद्धि गर्दै लग्ने लक्ष्य लिइएको खुलालले बताउनुभएको छ ।