विमान स्थलमै सवारी लैजान ६ भिभिआईपीलाई मात्र सुविधा
गुगलपाटी संवाददातासरकारले आन्तरिक उडान गर्दा विमानसम्म गाडी लैजाने सुविधा ६ जना अति विशिष्ट व्यक्ति भिभिआईपी लाई मात्र दिने भएको छ । मन्त्रीहरूले समेत आन्तरिक उडानका क्रममा विमान चढ्न जाँदा गाडी विमानसम्म लगि भीडभाड गर्नेक्रम बढेपछि त्यसलाई व्यवस्थित गर्न नयाँ मापदण्ड बनाउन लागिएको हो।
प्रमुख ६ जना भिभिआईपीलाई मात्र अब आन्तरिक उडानका क्रममा विमानसम्म गाडीमा जाने सुविधा दिईनेछ,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले वताए।
यो मापदण्ड लागू भएपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्याधीश, प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षले मात्र आन्तरिक उडानका क्रममा विमान नजिकसम्म गाडी लिएर जान पाउनेछन्।‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षासम्बन्धी बैठकले यसलाई अनुमोदन गरेपछि यो लागू हुनेछ,’ महानिर्देशक पोखरेलले भने ।
अहिले आन्तरिक उडानका क्रममा मन्त्रीहरू समेत विमान नजिकसम्म गाडी लिएर जाने प्रचलन छ। यसले गर्दा विमानस्थलमा अनावश्यक भीडभाड बढेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईले व्यवस्थित गर्न लागेका हुन्।