अस्पतालमा मन्त्रीको अनुगमन,सुधार गर्न निर्देशन

गुगलपाटी संवाददाता
१९ भाद्र २०७६ ०५:०५

प्रदेश नम्बर तीन का सामाजिक बिकास मन्त्री युवराज दुलालले हेटौंडा अस्पतालको अनुगमन गर्नु भएको छ । अनुगमनका क्रममा अस्पतालमा बिरामीले पाईरहेको स्वास्थ्य सेवा, परेका समस्या र अव गर्नुपर्ने कामका बिषयमा बिरामी र कुरुवाहरुसंग छलफल गर्नुभएको हो । बुधवार साँझ एक घण्टा सम्म अस्पतालको निरीक्षण गर्नुभएको हो ।

पहिलेको तुलनामा अस्पतालमा निकै सुधार आएको वताउँदै मन्त्री दुलालले भन्नुभयो–‘हेटौंडा अस्पताल अहिले प्रबिधि युक्त भएको र स्वास्थ्य उपचारमा पनि सुधार भएको मैले पाएँ ।’

अस्पतालमा पुगेर मन्त्री दुलालले आकस्मीक कक्ष, ओपिडी सेवा, भर्ना भएका बिरामी, अप्रेसन कक्ष सबैतिर निरीक्षण गर्नुभएको थियो। कम्प्युटर सिस्टमबाट टिकट काट्ने, बिरामीको ल्यावको रिपोर्ट आफैनै इमलेलमा आउने जस्ता सहजताले अस्पताल सुधार हुँदै आएको मन्त्री दुलालले बताउनुभयो ।  मन्त्री दुलालले अस्पताल हाता भित्र र बाहिर सरसफाइमा अझै ध्यान नदिएको भन्दै सुधार गर्न निर्देशन दिनुभएको छ । अनुगमनका क्रममा हेटौंडा अस्पताल बिकास समितिका अध्यक्ष प्रकास पौडेल, हेटौंडा अस्पतालका प्रमुख डाक्टर प्रबिण श्रेष्ठ लगायतकाको सहभागिता रहेको थियो ।