लागु औषधको ट्रान्जिट प्वाईन्ट हेटौंडा

गुगलपाटी संवाददाता
२९ भाद्र २०७६ ०४:०२

हेटौंडा :  मकवानपुरको हेटौंडा पछिल्लो समय लागु औषध ओसार प्रसारको ट्रान्जित प्वाईन्ट बन्दै गएको छ । मकवानपुर प्रहरीले शनिबार हेटौंडाबाट लागु औषध चरेश सहित ३ जना भारतीय नागरिक पक्राउ परेका छन् । शनिबार दिउँसो हेटौंडा १५बाट भारतीय नम्बर प्लेट बि. आर. ०१ पी एफ ७९९८ नम्बरको कारमा अगाडी पटट्ीको एसिमा फल्स बटम बनाई ४ किलो ९ सय ग्राम चरेश सहित ३ भारतीय नागरिकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
प्रहरीले भारत बिहार जिल्लाका २८ वर्षिय शिवराज सिंह, २४ वर्षिय ज्ञानी कुमार पासवान र २४ वर्षिय राजु महतोलाई पक्राउ गरेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । विरगंजबाट हेटौंडा तर्फ आउँदै गरेको कारलाई प्रहरीले सुरक्षा जाँच गर्ने क्रममा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिएका छन् । कार र ३ जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाइरहेको छ । पक्राउ परेकाहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम १ वर्ष देखि ३ वर्ष सम्म कैद र ५ देखि २५ हजार सम्म जरिवाना हुन सक्ने व्यवस्था रहेको छ ।

गाँजा सहित २ पक्राउ
मकवानपुर प्रहरीले शुक्रबार पनि लागुऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको थियो । प्रहरीले कैलाश गाउँपालिका ८ का २६ वर्षिय राजकुमार थिङ र २१ वर्षिय दिपेश थिङलाई १२ केजि ४ सय ग्राम गाँजा सहित पक्राय गरेको हो । राक्सिराङ गाउँपालिकाको कालिका दोभान स्थित उनीहरुले बोकेको झोला शंकाको आधारमा खान तलासी गर्दा गाँजा बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान र कारबाही गरिरहेको प्रहरीले जनाएको छ ।