बाँके घटना सत्तारुढ पार्टीले निर्देशन दिएर भएको होईन् : गृहमन्त्री थापा

गुगलपाटी संवाददाता काठमाडौं
२९ भाद्र २०७६ ०८:३६

गृहमन्त्री रामबहादुर थापा (बादल)ले बाँके घटना सत्तारुढ पार्टीले निर्देशन दिएर नभएको तर नेकपाका कार्यकर्ता संलग्न हुने सक्ने स्वीकार गरेका छन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री बादलले सत्ताधारी पार्टीले कांग्रेसको कार्यक्रम विथोल्ने निर्णय नगरेको बताए । उनले भने, ‘नेकपाका कार्यकर्ता हुनसक्छ तर नेकपाको नीति निर्देशन होइन ।’