गणेश थापाले राम मन्दिरलाई १ लाख सहयोग गरे

गुगलपाटी संवाददाता
१ आश्विन २०७६ १०:५६

हेटौंडाः दोस्रो संविधान सभा सदस्य तथा राप्रपाका नेता गणेश थापाले हेटौंडाको एक मन्दिरमा १ लाख दूई हजार सहयोग गरेका छन् । बुधबार हेटौंडा १६ हटियामा निर्माणधीन रामजानाकी मन्दिरलाई थापाको बुवा कर्नेल छत्र बहादुर थापा तथा आमा बिष्णु कुमारी थापाको स्मृतिमा मन्दिर बिकास समितिलाई नगद १ लाख २ हजार सहयोग गरेका हुन् । उनले समाजको विकासको लागि आफु सँधै लागी पर्ने बताए ।