शालिकराम आत्महत्या प्रकरणः रविसहित तीन जना अदालत उपस्थित हुँदै

गुगलपाटी संवाददाता चितवन
५ आश्विन २०७६ ०६:२६

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतमा आइतबारदेखि साक्षी बकपत्र सुरु हुने भएको छ।

रवि लामिछानेसहितका तीन जना उपस्थित भएपछि बकपत्र सुरु हुने अदालतका श्रेस्तेदार रुद्रमणि गिरीले बताएका छन् ।

रविसहित युवराज कँडेल र अस्मिता कार्कीलाई आइतबार उपस्थित हुन अदालतले आदेश दिएको थियो।

उनीहरुलाई आत्महत्या दुरुत्साहनको आरोप लागेको छ। दुरुत्साहन आरोपमा पक्राउ परेका रविलाई ५ लाख, युवराजलाई ३ लाख रुपवैयाँ र अस्मिता सादा तारेखमा गत भदौ ९ मा रिहा गरेको थियो।

आत्महत्या दुरुत्साहनको आरोप लागेपछि तीनैजनालाई गत साउन ३० मा काठमाडौंबाट पक्राउ गरी चितवन ल्याएको थियो।