ज्यामिरे सिरान प्रगतिशिल महिला एकता समुह गठन, अध्यक्षमा अप्सरा ढुंगाना
गुगलपाटी संवाददाता हेटौडा (मनहरी)मकवानपुरको मनहरी गाउपालिका वडा नम्बर ९ ज्यामिरेमा प्रगतिशील महिला एकता समूह गठन गरेको छ । समाजमा हुने महिला हिंसाको निर्मुलिकरण गर्ने उदेश्यले शनिबार ज्यामिरे सिरान टोलमा ‘ज्यामिरे सिरान प्रगतिशिल महिला एकता समुह’ गठन गरिएको हो ।
स्थानीय समाजसेबी एबम महिला अगुवा ब्यबसायी अनिता स्याङ्बोको बिशेष उपस्थितिमा अप्सरा ढुंगानाको अध्यक्षतामा १९ सदस्यीय नया कार्यसमिति गठन गरेको हो ।
समुहको उपाध्यक्षमा सुनिता सुनार, सचिबमा चम्फा खाती कोषाध्यक्षमा सविना कार्की, सह-सचिवमा कबिता सुनार लगायत सदस्यहरु रन्जिता भारती, गंगा पुरी, रमिल सुनार, चन्द्र कुमारी, संगिता सुबेदी, जानुका खत्री, भगवति सुबेदी (क), भगवती सुबेदी (ख), लक्ष्मी थिङ, सबिता सुनार, रन्जना सुबेदी, गोपी सुबेदी, सुमित्रा सुबेदी चयन भएका छन् ।
अबको दिनमा महिला दिदीबहिनीहरुले पनि आफ्नो देश गाउँ समाजमा केही गर्न सकिन्छ र सामाजलाई सहज ढंगले बिकासको यात्रामा महिलाको अहम भूमिका हुन पर्छ भन्ने मुल धारले अगाडि बढने प्रतिबद्दता ब्यक्त गर्दै समूह गठन गरिएको बताएको छ ।
आगामी दिनहरुमा जनचेनमुलक कार्य गर्ने योजना रहेको समुहको अध्यक्ष अप्सरा ढुंगानाले बताउनु भयो । त्यस्तै, सल्लाकार संयोजकमा चन्द्र कुमारी भारतीको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।
सदस्यहरुमा बिमला सुबेदी, नानु तिवारी, ईश्वरी गिरी, साइली माया गिरी चयन भएको छ । बिमला पराजुलीको संयोजकत्वमा अनुगमन समितीको सदस्यहरुमा सरिता सुबेदी, गोमा अधिकारी, प्रमिला सुनार, सबित्री ढुंगाना चयन भएका छन् ।