मदिरा सेवन गराएर सामूहिक बलात्कार, चार जना पक्राउ

गुगलपाटी संवाददाता  मोरङ
५ आश्विन २०७६ ०९:५३

 मोरङ सुन्दरहरैंचा नगरपालिका-१ की १७ वर्षीया किशोरीलाई शनिबार राति सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जना युवालाई आइतबार बिहान पक्राउ गरेको छ ।
 
मोरङका प्रहरी उपरीक्षक विश्व पोखरेलका अनुसार पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका-५ का २० वर्षीय सुरेश थानदार, २५ वर्षीय कमल पुरी, बेलबारी नगरपालिका(५ का २२ वर्षीय सन्तोषकुमार माझी र २२ वर्षीय प्रकाशकुमार थारू रहेका छन्।
 
 राति नै पीडकमध्येका एक युवककी श्रीमती श्रीमान् खोज्न जाने क्रममा केराघारीमा गतिविधि देखेपछि उनैले प्रहरीलाई खबर गरेकी थिइन्।
 
प्रहरीले त्यसपछि युवाहरूको खोजी थालेको थियो। स्वास्थ्य परीक्षण गर्न किशोरीलाई कोसी अञ्चल अस्पताल ल्याइएको छ।
 
घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।