नागढुंगा–सिस्नेखाला सुरुङमार्ग ४२ महिनाभित्रमा निर्माण सक्ने सम्झौता

गुगलपाटी संवाददाता काठमाडौं
६ आश्विन २०७६ ११:५६

 नागढुंगा–सिस्नेखाला सुरुङमार्ग निर्माणको ठेक्का सम्झौता भएको छ । सोमबार सडक विभागको वैदेशिक समन्वय महाशाखामा ४२ महिनाभित्रमा निर्माण सक्ने गरी सम्झौता भएको हो । निर्माणको ठेक्कामा जापानिज कम्पनी हाज्मारएण्डो जेभीले पाएको हो ।

उक्त कम्पनीका प्रतिनिधि र महाशाखाका प्रमुख अर्जुनजंग थापाले संयुक्त रुपमा ठेक्कामा हस्ताक्षर गरेर सम्झौता गरेको नागढुंगा सुरुङमार्ग आयोजनाका प्रमुख श्यामप्रसाद खरेलले जानकारी दिए ।
सुरुङमार्ग २ दशमलव ६८ किमी हुने छ । यो २२ अर्बको ठेक्का हो । मुअब्जा वितरण र परामर्श सेवा पनि यसैमा जोडिने छ ।

जापान सरकारको करिब १६ अर्ब मात्र ऋण भएको र मुअब्जा नेपाल सरकार आफैले तिर्नुपर्ने छ ।