हेटौंडाका मेयर भन्छन् : मानसिक र शारिरिक रुपमा स्वस्थ भएमा मात्र काम गर्न सकिन्छ
गुगलपाटी संवाददाता हेटौंडाहेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सबै काम गर्न मानसिक र शारिरिक रुपमा स्वस्थ हुनुपर्ने बताएका छन् ।
प्रदेश ३ को सामाजिक विकास मन्त्रालयको समन्वयमा स्वास्थ्य सेवा विभागको आयोजनामा मानसिक स्वास्थ्य रणनीति विकास तथा नसर्ने रोग र मानसिक स्वास्थ्य सम्वन्धी अभिमुखीकरण कार्यशाला गोष्ठीको आज हेटौंडामा उद्घाटन् गर्दै उहाँले यस्तो कुरा बताउनुभएको हो ।
सबैकुरा पैसा मात्र भएर नहुने बताउँदै उहाँले पैसाले झनै मानसिक तनाव उत्पन्न गराउने भएकाले शारिरिक व्यायाम गरेमा मानसिक तनाव कम हुने मेयर महतले बताउनुभयो ।। यस्ता महत्वपूर्ण कार्यक्रमका लागि स्थानीय सरकार बजेट छुट्याउनका लागि तयार रहेको बताउनुभयो ।
प्रदेश स्वास्थ्य निर्देशनालय हेटौंडाका निर्देशक रमेश प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भगवान अर्याल, निर्देशनालयका बद्रीबहादुर खड्का लगायतकाको सहभागिता रहेको थियो ।