नेकपा र सीपीसीबीच पार्टीगत सहयोग सम्झौता दुईपक्षीय समझदारी

गुगलपाटी संवाददाता काठमाडौं
७ आश्विन २०७६ ०९:३०

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बीच मंगलबार पार्टीगत सहयोग आदान-प्रदान गर्ने सम्झौतामा दुईपक्षीय समझदारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा नेपाल भ्रमणमा रहेका सीपीसी विदेश विभाग प्रमुख सङ ताओ र नेकपा विदेश विभाग प्रमुख माधव नेपालबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
 
दुवैपक्षीय भ्रमण, प्रशिक्षण अध्ययन अनुसन्धान लगायतका कामलाई पार्टी च्यानलबाट व्यवस्थित गर्नका लागि समझदारी भएको नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। अब पार्टी एकिकृत भएकाले अब एउटै पार्टी च्यानलबाट सम्बन्ध अघि बढ्नेछ। अब नेकपा र सीपीसीबीच विचार आदानप्रदान र दुईपक्षीय भ्रमणहरु हुनेछन्।
 
नेकपा स्कुल विभाग र सीपीसीको विदेश विभागको आयोजनामा सोमबारबाट ‘सी विचारधारा’ माथि छलफल चलिरहेको छ। सीपीसीका तर्फबाट संगठन विचार पार्टी अनुशासन लागयतका विषयमा कार्यपत्र प्रस्तुत भइरहेका छन्।