कृषि विकास बैंकको सीस्टम ह्याक गरी ३ करोड बढी रकम निकाल्ने ९ जना पक्राउ

गुगलपाटी संवाददाता काठमाडौँ
८ आश्विन २०७६ ०५:४८

कृषि विकास बैंकको सीस्टम ह्याक गरी ३ करोडभन्दा धेरै रकम निकालिएको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

अवैध रुपमा रकम निकालिएको भन्दै महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार राति उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

एसएसपी सहकुल थापाले दिउँसो २ बजे महाशाखामा पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई सार्वजनिक गरिने जानकारी दिए।

उनका अनुसार ती समूहले अन्य बैंकमा पनि रकम निकाल्ने प्रयास गरेका थिए।