सेभेन ए साइड फुटबल प्रतियोगितामा दिब्यपथको उत्कृष्ट जित

गुगलपाटी संवाददाता हेटौंडा
८ आश्विन २०७६ ०६:३०

हेटौंडा ९ मा जारी दोस्रो टोल विकास स्तरिय सेभेन ए साइड फुटबल प्रतियोगितामा साबिक उपबिजेता दिब्यपथ टोलले उत्कृष्ट जित हासिल गरेको छ ।

आज बिहान भएको खेलमा दिब्यपथ टोलले लामसुरे हाइट टोललाई ४-० को फराकिलो गोलअन्तरले पराजित गर्दै बिजयी सुरुवात गरेको हो ।

प्रतियोगिताको पहिलो हाफमा १-० गोलअन्तरको अग्रता कायम गरेको दिब्यपथ टोलले दोस्रो हाफमा बललाई आफ्नो पक्षमा राख्दै थप ३ गोल गर्न सफल भएको हो ।

खेलको पहिलो हाफको १३ औं मिनेटमा दिब्यपथ टोलका गोबिन्द फुयालले गरेको प्रहारलाई लामसुरे हाइट टोलका गोलरक्षकले रोक्ने प्रयास गर्दा सोही टिमका खेलाडी कबिस मगरको खुट्टामा लागि आत्मघाती गोल भएको थियो ।

दोस्रो हाफको २७ औं मिनेटमा दिब्यपथका सागर खनाल र ३१ औं र अतिरिक्त समयमा कप्तान रबिन्द्र नेपालले २ गोल गर्दै ४-० को अग्रता बनाउन सफल भएका हुन् ।

खेलको म्यान अफ दि म्याच रबिन्द्र नेपाल नै भए । आज दिउँसो प्रतियोगिताको दुई खेल हुँदैछ । आजको दोस्रो खेल ओम टोल र पशुपति टोल बिच र अन्तिम खेल मदनपथ टोल र माल्दिभ्स टोल बिच हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया