हेटौैंडाको राप्तीपुल नजिकै बसले ठक्कर दिदाँ एकको मृत्यु

गुगलपाटी संवाददाता हेटौंडा
९ आश्विन २०७६ ०६:४०

हेटौंडा उपमहानगरालिका वडा नंबर १० राप्तीपुल नजिकै यात्रु बसको ठक्करले एक जनाको एकको मृत्यु भएको छ । मृत्यु हुनेको परिचय भने खुल्न नसकेको अन्दाजी वर्ष ४०र४५ को जस्तो देखिन एकजना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

विहिबार विहान सिलगुडीबाट काठमाडौंका लागी जाँदै गरेको ना ५ ख ७९४२ नम्बरको यात्रु बसले ठक्कर दिदाँ निजको घटनास्थलमै मृत्यु भएको थियो ।

घटना लगत्तै जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट खटिएको प्रहरी टोलीले बसका चालक झापा दकम नगरपालिका १० बस्ने वर्ष ३५ को सुदन श्रेष्ठलाई नियन्त्रणमा लिएको छ । शव हेटौंडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।