२० औँ पटक आमा बन्दै ३८ वर्षीया महिला
गुगलपाटी संवाददाता काठमाडौंएकजना महिला जीवनमा कतिपटक आमा बन्न सक्लिन् ? तर, भारतमा एकजना महिलाले २० औँ बच्चा जन्माउँदै छिन् । महाराष्ट्रको बिड जिल्लास्थित केसापुर गाउँमा बस्ने लंकाबाई नामकी ती महिला २० औँ पटक आमा बन्न लागेकी हुन् । अहिले ती महिलाको पेटमा ७ महिनाको गर्भ रहेको छ । उनले यसअघि १९ पटक बच्चा जन्माइसकेकी भएपनि अहिले केवल ११ वटा छोराछोरी मात्रै जिवित छन् । उनको उमेरचाहिँ ३८ वर्षको छ । सरकारी अस्पतालमा गराइएको स्वास्थ्य परीक्षणका क्रममा लंकाबाई र उनको पेटमा रहेको गर्भ स्वस्थ रहेको पाइएको छ ।