करेन्ट लागेर महिलाको मृत्यु
गुगलपाटी संवाददाता सुरुङ्गा, झापा, २६ वैशाख (रासस) झापाको कचनकवल गाउँपालिका–७ मा आज बिहान करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वालुवाडी निवासी ६१ वर्षीया हर्कमाया लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जीतेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिहान आएको हावाहुरीले पानी तान्ने मोटरमा जडान गरिएको तार छिनेपछि लागेको करेन्टले गम्भीर घाइते बनाएपछि उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पताल ल्याइएको र उपचारकै क्रममा उहाँको मृत्यु भएको होे ।