ग्रामिण महिलामा कार्की

गुगलपाटी संवाददाता
४ कार्तिक २०७६ ०७:०८

हेटौंडाः ग्रामिण महिला सेवा केन्द्रको अध्यक्षमा उर्मिला कार्की चयन भएकी छिन् । शनिबार भएको आठौं अधिवेशनले कार्कीको नेतृत्वमा ९ सदस्ययी कार्यसमिति चयन गरेको हो ।
केन्द्रको उपाध्यक्षमा मेनुका घिमिरे, सचिवमा अचला शर्मा, कोषाध्यक्षमा सुलोचना स्याङ्तान चयन भएका छन भने सदस्यहरुमा एलिजा पुडासैनी, देवकी चौलागाइ, लक्ष्मी माया थिङ, सीता घलान, र पन्चमाया स्याङतान रहेका छन ।