सुरक्षाको विषयमा गम्भिर हुन आग्रह
गुगलपाटी संवाददाताहेटौंडा : नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपानेले हेटौँडा बजार क्षेत्रको सुरक्षाको विषयमा गम्भिर बन्न सरोकारवालाहरुलाई आग्रह गरेका छन् । पछिल्लो समयमा चोरीको घटना बढेको भन्दै चिन्ता ब्यक्त गरेका उनले आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि बजार क्षेत्र सुरक्षित बनाई व्यवसायीहरुलाई ढुक्क साथ काम गर्ने वातावरण सिर्जना गर्न आग्रह गरेका हुन् ।
बजार क्षेत्रको सिसिटिभी समयमा मर्मत नहुँदा चोरी गर्नेहरुलाई पहिचान गर्न समेत समस्या भएको हुँदा यसप्रति सम्वन्धित निकायको ध्यानाकर्षण हुनु पर्ने बताए । मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका न्यौपानेले स्थानीय सरकार, प्रशासन, व्यवासायी संघ संस्थाहरुले व्यवसायीहरुले सुरक्षित साथ व्यवसाय सञ्चालन गर्ने वातावरण सिर्जना गर्न ध्यानाकर्षण गराएका थिए ।