प्रथम राष्ट्रिय माझी कपको उपाधि रामेछापलाई

गुगलपाटी संवाददाता
९ कार्तिक २०७६ १४:५१

मकवानपुरको बकैयामा जारी माझी समुदायका खेलाडी बीचको प्रथम राष्ट्रिय माझी गोल्ड कप फुटवल प्रतियोगिताको उपाधि रामेछापले हात पारेको छ ।
प्रतिष्पर्धात्मक फाईनल खेलमा सिन्धुलीलाई टाईब्रेकरमा ३—० ले हराउँदै प्रथम माझी गोल्ड कपको उपाधि रामेछापले चुमेको हो ।
माझी उत्थान समाज मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको शनिवार भएको फाईन खेलको निर्धारित समय दुवै टिमले बराबरीखेले पछि खेलको नतिजा टाईब्रेकरबाट सिन्धुलीलाई पेनाल्टी मार्फत ३— ० अन्तरले हराउँदै विजयी भएको हो । रामेछापका अनिल माझि,श्रीकृण्ण माझि र मनोज माझिले पेनाल्टी मार्फत गोल गरे ।
उत्कृष्ट पेनाल्टी बचाउ गरेका रामेछापका माईते माझी वेष्ट किपर घोषित भए । वेष्ट डिफेन्डर सिन्धुलीका प्रकाश माझी भए । वेष्ट मिल्डफिल्डर रामेछापका श्रीकृष्ण माझी भएका छन भने वेष्ट फरवार्ड रामेछापका मनोज माझी र वेष्ट कोच रामेछापकै पुजारी माझी भएका छन् । प्रतियागितामा सर्वोत्कृष्ट खेलाडी सिन्धुलीका विशाल माझी भएका छन् ।
देशभरका १५ जिल्लाको १७ टिमको सहभागिता रहेको प्रतियोगिता नकआउटको आधारमा खेलाइएको माझी संघ मकवानपुरका अध्यक्ष आषिश माझीले बताउनुभयो । प्रतियोगितामा प्रथम हुनेले १ लाख र द्वितीय हुनेले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया