हेटौंडामा यस्तो भयो छठ पुजा (फोटो फिचर)

गुगलपाटी संवाददाता
१६ कार्तिक २०७६ १४:४०

हेटौंडाको राप्ती तटमा छठी माताको भव्यताको साथ पुजा भएको छ । प्रदेश ३ को राजधानी समेत रहेको मकवानपुरको हेटौंडामा पछिल्लो समय मधेसी समुदाय भन्दा पहाडी समुदायको धेरै संख्यामा छठ पर्वमा सहभागी भएका छन्।


प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले छठी माताको पूजा गरेका छन्। उनले शनिबार साँझ हेटौंडाको राप्ती तटमा छठी माताको पूजा आराधाना गरेका हुन्। छठी माताको पूजा गर्दै मुख्यमन्त्री पौडेलले पछिल्लो समय पहाडी समुदाय र मधेसी समुदायबीच सदभाव बढ्दै गएकोमा खुसी व्यक्त गरेका छन्। उनले छठ पर्वले धोती लाउने र टोपी लाउनेको सम्बन्ध बलियो बन्दै गएको बताए।

तपाईको प्रतिक्रिया