“गो ब्याक ईण्डिया” भन्दै अनेरास्ववियू आक्रोशित (भिडियो सहित)

गुगलपाटी संवाददाता
२१ कार्तिक २०७६ ०७:०४

हेटौंडा : भारतको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी र लिपुलेकलाई भारतमा देखाएको भन्दै हेटौँडामा पनि “गो ब्याक इण्डिया”को नारा लगाईएको छ ।
सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूमा आबद्ध विद्यार्र्थीहरुले नेपाली भु–भाग अतिक्रमण गरेको भन्दै विहिबार विहान विरोध प्रर्दशन गरेका हुन् । हेटौंडाका विभिन्न क्याम्पसहरुबाट क्याम्पस पोशाकमै विद्यार्थीहरुले भारतीय दादागिरी विरुद्ध उत्रेका हुन् । उनीहरुले नरेन्द्र मोदीलाई व्यङ्ग गर्दै शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका हुन् । खराब छिमेकीको बानी नदेखाउन आग्रह गर्दै नेपाली जनतामा लिपुलेक र कालापानीमा गएर नेपालको झण्डा गाड्न सक्ने क्षमता रहेको बताएका हुन् ।
मकवानपुरका विद्यार्थीहरुले भारतको विस्तारवादी नीतिको विरोध गर्दै उनीहरुले नेपालको भू–भाग भारतीय नक्साबाट हटाउन माग गरेका छन् ।
हेर्नुस भिडियोः

तपाईको प्रतिक्रिया