युवा माझ लोकप्रिय विकेशलालको जेसिजमा उम्मेद्वारी

गुगलपाटी संवाददाता
४ मंसिर २०७६ ०६:३९

हेटौंडाः सामाजिक र राजनीतिक रुपमा युवा माझ लोकप्रिय बनेका युवा व्यवसायी तथा समाजसेवी विकेशलाल श्रेष्ठले हेटौंडा जेसिजको बर्ष सन् २०२० को लागि उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । हेटौंडामा युवाहरुको लागि विविध गतिविधि गर्दै र अन्य युवा सम्बन्धी संघ संस्थाहरुलाई समेत सहयोग गर्दै आएका श्रेष्ठ हेटौंडाका युवाहरु माझ लोकप्रिय रहेका छन् । अहिले हेटौंडा जेसीजको खेलकुद संयोजक रहेका श्रेष्ठले उपाध्यक्ष पदको उम्मेदवारको रुपमा आफूलाई अघि सारेका हुन् ।
‘युवाहरुसँग सम्बन्धको विकास गर्दै नेतृत्व र व्यक्तित्व संगै सामाजिक कार्यका लागि जेसीजमा लागेको हुँ’, श्रेष्ठले भने, ‘यस वर्ष उपाध्यक्ष पदमा मेरो उम्मेदवारी रहनेछ । सबैबाट सकारात्मक सहयोगको अपेक्षा समेत लिएको छु ।’ उनले युवाहरुमा जेसीज मार्फत सकारात्मक सोचको विकास र समाज परिवर्तनको योजना रहेको सुनाए । विभिन्न सामाजिक अभियानमा प्रत्यक्ष रुपमा लाग्ने विकेशलाल श्रेष्ठलाई पछिल्लो समय जेसिजमा रहेका मात्र नभई जेसिज बाहिर रहेका युवाहरुले पनि शुभकामना दिँदै आएका छन् ।

तपाईको प्रतिक्रिया