निधिले किन नेपालको दुश्मन भने कीर्तिलाई ? पढ्नुस् यस्तो छ कारण
गुगलपाटी संवाददाता मकवानपुर,२९ बैशाख
भारतका एकजना सांसदले नेपालको जनकपुर क्षेत्र भारतको भएको दाबी गरेका छन् । उनले भारतीय प्रधानमंत्री मोदीको नेपाल र जनकपुर भ्रमणको बिषयलाई लिएर शुक्रबार मात्रै यस्तो तर्क गरेका थिए । जसले नेपालको सार्भभौमसत्तामाथि आंच आएको बिश्लेषकहरुको तर्क छ । यसैबीच भारतीय सांसद् कीर्ति आजादको अभिव्यक्तिप्रति कांग्रेस उपसभापति विमलेन्द्र निधिले कडा आपत्ति जनाएका छन् । उनले आजादलाई नेपालको दुश्मन घोषणा गरी विरोध गर्न आग्रह गरेका छन् ।
आजादले शुक्रबार जनकपुर भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मिथिला क्षेत्र भारतको भएकाले फर्काउन भनेका थिए । मिथिला क्षेत्र नेपाल–अंग्रेजबीच सन्धि गरेर २ सय वर्षका लागि नेपाललाई दिइएको र त्यो समय सकिएकाले अब भारतले नै फिर्ता लिनुपर्ने आजादको तर्क थियो ।
आजादको यस्तो अभिव्यक्ति सार्वजनिक भएसँगै निधिले एक ट्वीट गर्दै यसप्रति कडा आपत्ति जनाएका हुन् ।
‘जनकपुरलाई भारतमा मिलाउनु पर्छ भन्ने कीर्ति आजाद नामको भारतीय सांसदलाई जनकपुर, २ नं प्रदेश, मधेश र नेपाल देशको दुश्मन घोषणा गरी विरोध गरौं’, निधिले ट्वीट गर्दै भनेका छन्, ‘त्यो सोच दुवै देशको अखण्डताका लागि खतरा हो ।’