शिवम् सिमेन्टको लापरबाहीले गयो मजदुरको ज्यान
गुगलपाटी संवाददाताहेटौंडा/मकवानपुरको हेटौडा १७ हटियामा रहेको शिबम सिमेन्टस लिमिटेडको लापर्वाहीका कारण आज उद्योग परिसरमै एक जना मजदुरको मृत्यु भएको छ । शिबम सिमेन्ट्समा हाल सम्ममा उद्योगको लापर्वाहीका कारण आधा दर्जन मजदुरले ज्यान गुमाइसकेका छन् ।
मजदुरहरुको मृत्युलाई सामान्य मान्ने उद्योग संचालकको चरम लापर्वाही हेलचेक्राईका कारण कयौ मजदुरले ज्यान गुमाउन बाध्य हुदा समेत नियमन तथा निगरानी गर्ने प्रशासनीक निकाय समेत संबेदनसिल नबनि दिदा अझै कती मजदुरले ज्यान गुमाउन पर्ने हो भन्ने बिषयले चर्चा पाएको छ ।
उद्योग संचालन गर्दा पुर्याउनु पर्ने सामान्य मापदण्ड समेत नपुर्याई मजदुरलाई बाध्य बनाई जस्तो सुकै जोखिम काममा समेत बाध्य पारी मजदुरको शुरक्षाको सामान्य भन्दा सामान्य मापदण्ड समेत नपुराएको शिबम सिमेन्टले मजदुर मर्ने मामालामा समेत नो कम्प्रमाईज गरेको छ ।
‘हामिले पटक पटक सेफ्टीका सामाग्री माग्यौ तर उद्योग संचालकले सेफ्टीका सामान दिन आनाकानी गरी हामीलाई जोखिम काम गर्न बाध्य परेकोले आज काम गर्ने क्रममा हाम्रो साथीको मृत्यु भयो’, शिबम सिमेन्टमा काम गर्ने एक मजदुरले भने ।
बुधबार बिहान १०ः ३० बजेको समयमा कैलाली मुसरिया ९५ बस्ने देवि प्रसाद चौलागाईका छोरा वर्ष ३५ का राजन प्रसाद चौलागाईको सिमेन्ट रोलर प्रेसको फित्तामा च्यापिएर मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । बजरंगवली सप्लायर्स मार्फत शिबममा कार्यरत चौलागाई को मृत्यु पश्चात उद्योग संचालक रगुनन्दन मारु सित दुर्घटना त नियमित जस्तै भयो सेफ्टीको सामान्य भन्दा सामन्य पुरवधार समेत व्यवस्था गर्नु भयन किन भनेर सोध्दा उनले भने दुर्घटना यो भन्दा पहिला पनि भएको र यो पनी सामान्य जस्तै रहेको प्रतिक्रिया दिए ।
पटक पटक बिना सेफ्टीका कारण मजदुरलाई जोखिम काममा प्रयोग गरी धेरै भन्दा धेरै मजदुरले ज्यान गुमाउन परेका कारण तत्काल शिबम सिमेन्टका संचालकलाई पक्राउ गरी कार्वाही गर्नु पर्ने माग स्थानीयको छ ।