प्रदेश तीन सञ्चारमा अब्बल
गुगलपाटी संवाददाता
हेटौंडाः प्रदेश सरकार मातहतका सबै कार्यलयहरुले आम नागरिकलाई सूचना दिदा १५ दिन नकुराउन निर्देशन दिएका छन् ।
प्रदेश सरकारका प्रमुख सचिव तोयम रायाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा बिहिवार हेटौडामा सञ्चार तथा सूचना प्रविधि सम्बन्धी प्रदेश स्तरिय अन्र्तक्रिया कामर्यक्रमलाई सम्बोधन गर्नेक्रममा अन्य प्रदेश भन्दा सञ्चारमा प्रदेश तीन अब्बल रहेको वताउनु भयो । सरकारले प्रत्येक कार्यालयहरुमा आई टि विज्ञहरुको नियूक्ती विना डिजिटल नेपालको सपना प्रा नहुने वताउदै प्रदेश र स्थानिय निकाय मातहत एफ एम रेडियोको दर्ता अनुमति दिँदा नाम र कलसाईन लगायतका प्रविधिक समस्या रहेकाले सो समाधान हुनु पर्ने प्रदेश तीनका सञ्चार रजिष्टार रेवति सापकोटाले वताए ।
दुई दिन सम्म संचालनहुने अन्र्तक्रिया कामर्यक्रममा आम सञ्चार निति २०७३,डिजिटल सिग्नेचर,डिजिटल नेपाल फ्रेमवर्क, विज्ञापन ऐन २०७६ माथि छलफलका लागि प्रदेश तीनका पत्रकारहरुको उपस्थिति रहेको छ ।