हेटौंडा जेसिजमा राजदेव बनियाँ प्यानलको जीत(मत परिणाम सहित)

गुगलपाटी संवाददाता
१९ पुष २०७६ १४:५९

हेटौंडा जेसीज सन् २०२० को अध्यक्षमा राजदेव बानियाँ विजयी भएका छन् । आज शनिवार बेलुका सकिएको मतगणना नतिजा अनुसार बानियाँले ८५ मत प्राप्त गरेका थिए । उनको निकटतम प्रतिद्धन्द्धी दीपेश जोशीले ५७ मत ल्याएका थिए । बानियाँ २०१९ को कार्यकालमा अध्यक्ष पदमा पराजित भएका थिए ।

जेसीजको कार्यकारिणी उपाध्यक्षमा श्रवर्ण बर्तौलाले ७५ र पवन कुमार कंसाकारले ७० मत ल्याउँदै विजयी भएका छन् । कार्यकारिणी उपाध्यक्षमा गंगा प्रसाद पौडेल, पुष्पराज पुडासैनी र साजन सुवेदी पराजित भए । उपाध्यक्षमा विवेक आनन्द न्यौपानेले १ सय १२, सञ्जिव तिमल्सिना ९सुदिप०ले १ सय ३८, विकेशलाल श्रेष्ठले १ सय २४ र प्रलय राईले १ सय १० मत ल्याउँदै विजयी भए । उपाध्यक्षमा डानियल न्यौपाने पराजित भए । 

यस्तो छ मत परिणाम

 

तपाईको प्रतिक्रिया