तामाङ घेदुङ प्रदेश ३ अध्यक्षमा घलान

गुगलपाटी संवाददाता
२६ पुष २०७६ ०९:०६

नेपाल तामाङ घेदुङ प्रदेश ३ को प्रथम प्रादेशिक अधिबेशनले लिलाकुमार घलानको नेतृत्वमा ३४ सदस्य नयाँ कार्य समिति सर्बसम्मत बाट चयन भएको छ ।प्रदेश ३ को राजधानी हेटौडामा शुक्रबार भएको अधिबेशनबाट घलानको नेतृत्वमा ३४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

प्रादेशिक कार्य समितिको उपाध्यक्षहरुमा गोपीराज घलान (चितवन), बिशाल थिङ तामाङ (सिन्धुली), मानबहादुर योञ्जन (ललितपुर), महिला उपाध्यक्ष संगीता बोम्जन( काठमाण्डौ), सचिबमा हरिचन्द्र लामा(काभ्रे) र सुकुराम तामाङ(नुवाकोट), कोषाध्यक्षमा सरोजकुमार तामाङ(भक्तपुर), सह-कोषाध्यक्षमा पदमबहादुर घिसिङ(रामेछाप), उप-सचिब फुलकाजी स्याङबो (सिन्धुपाल्चोक), सीतामाया तामाङ (धादिङ), पासाङ घिसिङ (दोलखा) लगायत सर्बसम्मत चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा ङ्वाङ किम्जो तामाङ(रसुवा), दोर्जे घिसिङ (सिन्धुपाल्चोक), मोतीलाल गोले(सिन्धुली), आशा तामाङ(भक्तपुर), महेश पाख्रिन(दोलखा), उषा तामाङ घिसिङ (दोलखा), मिरा योञ्जन(रामेछाप), मन्जु लामा(रामेछाप), जगत लामा घलान(नुवाकोट), पसिङ लामा (चितवन), सबिन तामाङ(नुवाकोट), ठुलीमाया मोक्तान(मकवानपुर), जयबहादुर वाइबा(मकवानपुर), तिलकबहादुर तामाङ(काभ्रे), दिलबहादुर लामा(काठमाण्डौ), लक्ष्मी तामाङ (ललितपुर), राजेन्द्र लामा (धादिङ), बिजय वाइबा(रसुवा), धनबहादुर तामाङ(धादिङ), दिलकुमारी तामाङ(चितवन) र प्रेमकुमारी तामाङ (चितवन) लगायत रहेका छन् । पछि १ जना थप हुने गरि ३५ सदस्यीय प्रदेश कार्य समिति बन्ने नव निर्वाचित अध्यक्ष लिला कुमार घलानले वताए ।

तपाईको प्रतिक्रिया