हेटौंडामा थारु महोत्सवको रौनक

सरोज पौडेल मकवानपुर
१ माघ २०७६ १३:२४

हेटौंडा :  मकवानपुर जिल्लामा थारु जाती र मगर समुदायले माघी पर्व मनाएका छन् । थारु समुदायले उल्लासका साथ मनाउने माघी पर्व हेटौंडामा पनि मनाईदै आएको छ । गत सालबाट हेटौंडामा प्रत्येक माघ १ गते थारु महोत्सव हुने गरेको छ ।  बुधबार हेटौंडाको भुटनदेवी चौरमा थारु महोत्सव भव्यताको साथ भएको छ । २ हजार भन्दा बढिको उपस्थितीमा थारु महोत्सव भएको हो ।

महोत्सवमा विशेष गरि घुंगीको परिकार, माछाको अचार र रौतहट जिल्लाको हरफरौरी नृत्यले अवलोकनकर्ताहरुलाई आकर्षण गरेको थियो । हेटौंडा नगरपरिक्रममा गरेर भुटनदेवी उच्च माविको प्राङ्गणमा पुगेर महोत्सवको रुप लिएको थारु महोत्सवमा थारु विद्यार्थी संघ, थारु युवा, थारु महिलाहरुले थारु परिकारकाहरुको स्टल राखेका थिए ।

थारु महोत्सव देखेर विदेशी पर्यटहरुले स्टेजमै गएर नेपाली गितमा लौरी डान्स गरेका थिए । थारु समुदायको संस्कृति र परम्परालाई जोगाउने उद्धेश्यले महोत्सवको आयोजना गरिएको माघि महोत्सव मूल समारोह समिति संयोजक हरिलाल चौधरीले जानकारी दिए ।