रिसोर्टमा सुतेका आठ पर्यटक बेहोस
गुगलपाटी संवाददाता
मकवानपुरको उत्तरीक्षेत्रस्थित पर्यटकीय नगरीको रुपमा परिचित थाहा नगरपालिकामा आठजना भारतीय पर्यटक अचेत अवस्थामा भेटिएको छ । थाहानगरपालिका–४ स्थित सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा रिर्सोटमा सोमबार रात बिताएका आठजना पर्यटक अचेत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी सहायक निरीक्षक गणेश थापाले बताए । उनका अनुसार घटना स्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ ।
स्थानीय थाहा नगरपालिका होटल एसोसिएसनका अध्यक्ष शिवकुमार खत्रीका अनुसार आठजना अचेत अवस्थामा रहेको र उनीहरुलाई कैलाश एयरको हेलिकप्टर मार्फत काठमान्डौैको हेम्स अस्पताल लगिएको छ । दुईजना बस्नुपर्ने कोठामा आठजना बसेको कारण अक्सिजनको अभावमा अचेत भएको हुनसक्ने अध्यक्ष खत्रीले वताए । १५ जनाको समूह दामान पालुङ घुम्न आएको र एउटा कोठामा सातजना अर्कोमा आठजनाले रात बिताएका थिए ।