सिन्दुरिया समाजको भेला सम्पन्न

गुगलपाटी संवाददाता
१२ माघ २०७६ १०:१०

सिन्दुरिया समाज नेपाल मकवानपुरको ११औं वर्षगाँठ तथा वार्षिक सभा हेटौंडामा सम्पन्न भएको छ । मधेसी आयोगका अध्यक्ष डा. विजय कुमार दत्तको प्रमुख अतिथ्यतामा २०६५ सालमा स्थापना भएको समाजको शनिवार हेटौंडा वार्षिक सभा गरिएको हो ।
कार्यक्रममा मधेसी आयोगका अध्यक्ष माननीय डाक्टर दत्त समक्ष सिन्दुरिया जातीलाई मधेसी जाती अन्तर्गत र सिन्दुरिया जातिले प्रयोगगर्ने विभिन्त्र थरहरुलाई सुचिकृतकोलागी समाज अध्यक्ष राजाबाबु दास कथबनियाले ज्ञापन पत्र बुझाउनु भएको थियो । कार्यक्रमा हेटौंडा उपमहानगरका उपमेयर मिना लामा, वडा २ का कार्यवहाक अध्यक्ष महेशमान श्रेष्ठ,नगर क्षेत्रमा कृयाशिल बिभिन्न जातीय संस्थाहरु तथा मधेसबासीहरुको विभिन्न समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा समाजका जेष्ठ नागरिक तथा उत्कृष्ठ विद्यार्थीलाई सम्मान समेत गरिएको थियो ।सभा समाजका अध्यक्ष राजाबाबु दास कथवनियाको सभाध्यक्षतामा भएको थियो भने कार्यक्रमको संचालन नन्दलाल दासले गरेका थिए ।
समाजको अध्यक्षमा पुनः राजाबाबु
सिन्दुरिया समाज नेपालको ११औं बार्षिक सभाबाट पुनःराजाबाबु दास कथबनियाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्बिरोध चयन भएको छ । संस्थाको उपाध्यक्षमा सुनिल कुमार दास र सुशील प्रसाद सेनुरिया बनिया गुड्डुू , सचिवमा नन्दलाल दास,कोषाध्यक्ष राजदेव बानिया सदस्यहरु रामनाथ बानिया, दिपक प्रसाद कायस्थ बनिया, चन्दन प्रसाद बानिया, अनुप सेनुरिया सन्जय दास बानिया, सुजित प्रसाद बानिया, अनिल दास बानिया र देबेन्द्र प्रसाद बानिया चयन भएका छन् ।नव निर्वाचित कार्यसमितिको तर्फबाट अध्यक्ष राजाबाबु दास कथबनियाले आगामी कार्ययोजना प्रस्तुत गरेका थिए ।