नाम र राजधानीपछि बागमती प्रदेशसभाको पहिलो बैठक
गुगलपाटी संवाददाता हेटौंडा । बागमती प्रदेश सरकारले दुई विधेयक प्रदेशसभामा पेश गरेको छ ।
बागमती प्रदेशका आन्तरिक मामीला तथा कानून मन्त्री शालीकराम जमकट्टेलले आइतबारको बैठकमा प्रदेशकभित्र सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गरेका हुन् ।
यस्तै बागमती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले प्रदेश दुग्ध विकास बोर्ड ऐन २०७५ लाई संसोधन गर्न बनेको बिद्येयक सभामा प्रस्तुत गरेका थिए ।
प्रदेशसभाको अर्को बैठक सोमबार साढे ११ बजे बस्नेछ । प्रदेशको स्थायी राजधानी र प्रदेशको नामाकरण गरे पछि पहीलो पटक प्रदेश सभाको बैठक आइतबार बोलाइएको थियो । स्रोत : अनलाइन