रेग्मीको श्रद्धाञ्जली सभा
गुगलपाटी संवाददाताहेटौंडा: नेपाल औषधी व्यवसायी संघ मकवानपुरका पुर्व अध्यक्ष विपल रेग्मीको १३ औं दिनको तीथिमा आज हेटौंडामा श्रद्धाञ्जली सभा भएको छ ।
औषधी व्यवसायी संघ मकवानपुरले दिप प्रज्वलन गरि श्रद्धाञ्जली सभा गरेको हो । हेटौंडा १० निवासी रेग्मीको माघ १ गते मृत्यु भएको थियो । हेटौंडामा चिरपरिचित व्यवसायीको रुपमा रहेका रेग्मीको निधनले अपुरणिय क्षति पुगेको औषधी व्यवसायी संघ मकवानपुरका महासचिव विनोद लामिछानेले बताए । मकवानपुरका व्यवसायीहरुले रेग्मीको चिरशान्तीको कामना गर्दै आज श्रद्धाञ्जली सभा गरेको उनले बताए ।