सांसदले एमसिसी पारित गर्नेबारे ओलिको बिस्तार

गुगलपाटी संवाददाता
१४ माघ २०७६ १०:५०

हेटौंडा: प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख अग्निप्रसाद सापकोटालाई निष्पक्ष र तटस्थ भई सदनका सबै दललाई साथमा लिएर अगाडि बढ्न आग्रह गरेका छन् ।

सभामुखमा निर्वाचित भएका सापकोटालाई प्रतिनिधिसभाको मंगलबारको बैठकमा शुभकामना दिँदै देउवाले भने, ‘तपाईं कुनै पार्टीको सभामुख होइन । सदनको सभमुख हो । प्रतिपक्षलाई साथमा लिएर अगाडि बढ्नुहोला भन्ने विश्वास छ ।’

सभामुखलाई प्रतिपक्षी दलले पूरापूर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै देउवाले भने, ‘सभामुखमा हामीले उम्मेदवार नउठाउनुको कारण पनि यो पद निष्पक्ष र तटस्थ हो भनेर नै हो। उनले संसद विपक्षीको हो भन्ने संसारभरको मान्यतालाई कायम राख्न पनि आग्रह गरेका थिए। पूर्वसभामुख दमननाथ ढुंगानाको तटस्थ भूमिकाको स्मरण गराउँदै उनले विपक्षी दललाई संसदमा बोल्ने अवसर बढी दिन आग्रह गरेका थिए। ‘सत्तापक्षको कामको आलोचना गर्ने काम विपक्षी पार्टीको हो भन्ने सम्झनुहुनेछ,’ उनले भने।

Meroghar

सरकारले मानवअधिकार, स्वतन्त्रता र गोपनियता हनन गर्ने व्यवस्थासहितका विधेयक ल्याएको हुँदा तिनलाई पास गर्न नहुने देउवाको भनाइ थियो। उनले भने, ‘केही प्रतिकूल विधेयक छन्। तिनमा कांग्रेसको विरोध रहेको छ। यी विधेयकले स्वतन्त्रता, मानवअधिकार, प्रजातन्त्र, लोकतन्त्र फसफल हुँदैनन्। प्रेसमाथि प्रतिबन्ध हुँदा लोकतन्त्र सफल हुँदैन।

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रका कुरा गरेको तर व्यवहारमा त्यसो नदेखिएको देउवाको आरोप थियो। उनले भने, ‘प्रधानमन्त्रीले लोकतन्त्रको कुरा गर्नुभयो, खुसी लाग्यो। तर, लोकतन्त्रको खिलाफ विधेयक ल्याउनु भएन।

विपक्षीलाई विश्वासमा लिएर गएमा मात्रै सदन र सभामुखलाई सफलता प्राप्त हुने देउवाको भनाइ थियो। उनले शान्ति प्रक्रियाका काम पूरा गर्न बाँकी रहेको भन्दै त्यसमा सबै एक ठाउँमा उभिनुपर्ने धारणा राखे।

उनले एमसीसी पास गर्नुपर्ने, ऊखु किसानलाई राहत दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराए।

स्रोत: कान्तिपुर