देशले रगत होईन, पसिना खोजेको छ – मुख्यमन्त्री पौडेल
गुगलपाटी संवाददाता
हेटौडाः सहिद स्मारक विकास समितिका अध्यक्ष समेत रहेको बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले देशको अहिले सम्मको उपलब्धीमा सहिदको महत्वपुर्ण भुमिका रहेको बताएका छन् । कार्यक्रमको अध्यक्षता गरेका मुख्यमन्त्री पौडेलले देशमा हुनु पर्ने राजनीतिक परिवर्तन भइसकेकोले अब आर्थिक र सामाजिक विकास तर्फ लाग्नु पर्ने बताए । पौडेलले भने “देशले अब परिर्वतनको लागि रगत होईन, समृद्धिको लागि पसिना खोजेको छ । ” उनले सहिदहरुको सपना पुरा गर्ने बेला आएको भन्दै समृद्ध नेपाल, सुखी नेपाली बनाउन सबैले आफ्नो स्थानबाट याृेगदान गर्नु पर्ने बताए ।
कार्यक्रममा प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल, प्रमुख प्रतिपक्ष दल नेपाली कांंग्रेसका संसदीय दलका नेता इन्द्र बहादुर वानियाँले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बागमती प्रदेश प्रमुख विष्णु प्रसाईँ, सभामुख सानुकुमार श्रेष्ठ, प्रदेश सरकारका मन्त्रीहरु, विभिन्न देशका राजदुतहरुको उपस्थिती रहेको थियो ।