श्रमिकमा अध्यक्षलाई जानकारी नदिई कार्यक्रम, अख्तियारमा जाने श्रेष्ठको तयारी

गुगलपाटी संवाददाता
१४ माघ २०७६ १७:३३

हेटौंडा : हेटौंडा उपमहानगरपालिका -४ कर्रामा रहेको श्रमिक माविमा प्रधानाध्यापकले शिक्षक अभिभावक संघ(पिटिए)लाई नै जानकारी नदिई अभिभावक भेला गरेका छन् ।
विद्यालयका प्रधानाध्यापक चतुर्भुज उपाध्यायले अवैधानिक ढंगले पिटिएलाई जानकारी नदिई माघ १२ गते आइतबार अभिभावक भेला गरेको पिटिएका सयोजक सुरेश श्रेष्ठले मङ्गलबार हेटौंडामा पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् । श्रेष्ठका अनुसार प्रधानाध्यापक उपाध्यायले विद्यालयमा अख्तियार दुरुपयोग गरि अवैधानिक अभिभावक भेला मात्रै गरेनन् उनले “पिटिए अध्यक्षलाई किन खबर नगरेको ?” भन्ने प्रश्नमा गाली मात्रै गर्ने मात्रै गर्ने भएकोले नबोलाईएको भन्दै गैरजिम्मेवार ढंगको जवाफ दिएका छ्न ।
प्रधानाध्यापक उपाध्यायले अभिभावक भेलामा आय-व्ययको विवरण समेत प्रस्तुत गरेका छैनन भने पुर्व विद्यार्थी गेहेन्द्र राजभण्डारीले जापान हुदा पठाएका ११लाखको हिसाब समेत पारदर्शी छैन । विद्यालयले भुकम्प पछि अस्थायी सिकाई केन्द्रको लागी टहरा बनाउन ल्याएको पैसा टहरा नै नबनाई कर्मचारीको तलबमा खर्च गरेको पिटिए अध्यक्ष श्रेष्ठको दाबी छ ।

अध्यक्ष श्रेष्ठले अवैधानिक अभिभावक भेला, आर्थिक पारदर्शिताको लागी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, शिक्षा बिकास तथा समन्वय ईकाई मकवानपुर र हेटौंडा उपमहानगरपालिकामा आवश्यक छानबिन माग गर्दै उजुरी दर्ता गरेका छन् ।

यस्तो छ उजुरि