नेपालमा ३० घण्टा बिताएर फर्किए मोदी
गुगलपाटी संवाददाता काठमाडौं । प्रधानमन्त्रीका रुपमा तेस्रो पटक नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किएका छन्।
जनकपुर हुँदै नेपाल आएका मोदीले नै यो भ्रमणलाई धार्मिक भ्रमण भनेका छन्। जनकपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री नभई प्रधान तीर्थयात्रीका रुपमा आफू नेपाल आएको बताएका थिए। मोदीले जनकपुर मन्दिर, मुक्तिनाथ र पशुपतीमन्दिरको दर्शन र पूजा गरेर फर्किएका छन ।
दुई वर्षअघिको नाकाबन्दीका कारण यसपटक नेपाल आउँदा जनताको नजरमा अलोकप्रिय बनेका उनलाई सरकारले दुई ठाउँमा नागरिक अभिनन्दन गर्यो।
नेपालमा करिब ३० घन्टा बिताएका उनले विभिन्न दलका नेतादेखि राष्ट्रपतिसम्मलाई भेट्न भ्याएका छन।