मिडिया र सहकारीको अन्तरसम्बन्धबारे छलफल
गुगलपाटी संवाददाताहेटौडाः दिव्यतारा बहुउद्देश्य सहकारी संस्था लिमिटेड, हेटौडाको २२ औं स्थापना दिवस तथा सामुदायिक रेडियो, रेडियो मकवानपुर १०१.३ मेगाहर्जको दश औं वार्षिकोत्सवको अवसरमा आयोजित मिडिया र सहकारीको अन्तर सम्बन्ध विषयक अन्तरक्तिया कार्यक्रम बुधबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी भुमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिव डा. योगेन्द्र कार्कीले सहकारीको माध्यमबाट स्वास्थ्य, शिक्षा, राजनैतिक, र वातावरणीय क्षेत्रमा सहकारीले ठुलो भुमिका वहन गरेको हुन्छ । सबै गाउमा बैङ्कको व्यवस्था हुदैन, बैङ्कको नभएको ठाउमा सहकारीले सहयोग गरिरहेको कार्कीले बताए । सहकारीको न्युनिकण गर्नुपर्ने, सहकारीको नियम कानुन ऐन मिलाउनुपर्ने र सहकारीको नियमलाई कडैको साथ लागु गर्नुपर्ने जनाएको छ । कार्यक्रममा पत्रकार महासघंको अध्यक्ष हरि हुमागाईले हरेक सहकारीमा प्रतिव्यक्ति एक -एक जना पत्रकार हुनुपर्ने बताएका छन् । । पत्रकारलाई साधारण सभामा मात्र नभई हरेक कार्यक्रममा सम्मेलन गर्नुपर्ने हुमागाईले बताए ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका अध्यक्ष कल्पना श्रेष्ठ, जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष बद्री प्रसाद लम्साल, उपाध्यक्ष मेनका दाहाल, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, रेडियो मकवानपुरका अध्यक्ष आनन्दराम पराजुली, साना कृषि सहकारी संस्था मनहरीका अध्यक्ष विमला कार्की, युवा सोकासका अध्यक्ष राजु गौतम, पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ट, लगायत विभिन्न सहकारीसंस्थाका अध्यक्ष तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।